अफिफ हाेसेन र मेहिदी हसनबीच १ सय ७४ रनकाे साझेदारी, बङ्गलादेशले अफगानिस्तानलाई हरायाे

 फागुन ११, २०७८ बुधबार १९:३७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बङ्गलादेश विजयी भएको छ । चितागोङमा अफगानिस्तानले दिएको दुई सय १६ रनको लक्ष्य बङ्गलादेशले ४८ ओभर ५ बलमा पूरा गर्‍याे । 

बङ्गलादेशको जितमा अफिफ होसेनले ९३ र मेहिदी हसनले १ रन बनाए । यी दुवै खेलाडी नटआउट रहे । यी दुईले सातौँ विकेटका लागि एक सय ७४ रनको साझेदारी गरे । बङ्गलादेशले ४५ रनमा ६ विकेट गुमाएको अवस्थामा यी दुई खेलाडीले पारी सम्हाले । बलिङतर्फ अफगानिस्तानका फजलहक फरुकीले चार विकेट लिए । यस्तै मुजीब अर रहमान र राशीद खानले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९ ओभर १ बलमा अलआउट हुँदै दुई सय १५ रन बनायो । अफगास्तिानका लागि नजिबुल्लाह जदरनले ६७, रहमत शाहले ३४ र कप्तान हशमतुल्लाह शाहिदीले २८ रन बनाए । बलिङतर्फ बङ्गलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिए । यस्तै तस्किन अहमद, शाकिब अल हसन र शोरिफुल इस्लामले दुई–दुई विकेट लिँदा महमुदुल्लाहले एक विकेट लिए ।

यो जितसँगै बङ्गलादेश तीन खेलको शृङ्खलामा एक–शून्यले अघि भएको छ । बङ्गलादेशसँग तीन खेलको एकदिवसीय र दुई खेलको टी–२० शृङ्खला खेल्न अफगानिस्तान बङ्गलादेश भ्रमणमा छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया