सङ्खुवासभा : रक्तश्राव भएपछि एक गर्भवतीकाे हेलिकप्टरबाट उद्धार

 फागुन ११, २०७८ बुधबार २०:३९:८ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभामा रक्तश्राव भएपछि आज बुधवार एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

२४ हप्ताको गर्भ रहेकी भोटखोला गाउँपालिका वडा नम्बर १ किमाथांकाकी १७ वर्षीया पेमा ल्हामु च्यावाको उद्धार गरेर काठमाण्डौ पठाइएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिनुभयो । 

गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरेर उपचारका लागि काठमाण्डौ पठाएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया