प्रिमियर लिग : लिभरपुलले लिड्सलाई ६–० गोलले हरायो, बर्नलीसँग टोटनह्याम पराजित

 फागुन १२, २०७८ बिहीबार ९:६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले लिड्स युनाइटेडलाई ६–० गोलको फराकिलो अन्तरले हराएको छ । जितसँगै लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दूरी तीन अङ्कमा छोट्याएको छ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलका मोहम्मद सलाह र साडियो मानेले समान दुई/दुई र जोएल मटिप र भर्जिल भान डाइकले समान एक/एक गोल गरे । दोस्रो स्थानमा रहेको लिभरपुलको २६ खेलबाट ६० अङ्क पुगेको छ । समान खेलमा सिटीको ६३ अङ्क छ । पराजित लिड्स २५ खेलबाट २३ अङ्क जोडेर १५औँ स्थानमा छ ।

गएराति भएका अरु खेलमा बर्नलीले टोटनह्यामलाई १–० ले हरायो । घरेलु टोली बर्नलीका विन मिले खेलको ७१औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

त्यस्तै क्रिस्टल प्यालेसले वाट्फोर्डलाई ४–१ गोलले पराजित गरेको छ ।

क्रिस्टल प्यालेसका वेलफ्रेड जाहाले दुई तथा जिन फिलिपे मेटेटा र कोनोर गालाघेरले समान एक/एक गोल गरे । वाट्फोर्डका मौसा सिसोकोले चाैथाे गोल फर्काए । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया