प्रधानमन्त्री देउवा र ओलीको छलफल सकियो, गठबन्धन लगभग टुटेको गगन थापाको भनाइ

 फागुन १२, २०७८ बिहीबार १७:६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । संसद् भवन नयाँ बानेश्वरमा झन्डै तीन घण्टा बसेको बैठक अहिले सकिएको र बेलुका ७ बजे फेरि छलफल हुने कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिनुभयो ।

उहाँले सत्ता गठबन्धन धरापमा परिसकेको र यो अब लामो समय नजाने पुष्टि भएको बताउनुभयो । सरकारमै रहेका माओवादी र एकीकृत समाजवादीले सरकारले पेस गरेको सम्झौतालाई साथ नदिनु भनेको गठबन्धन लगभग टुटिसकेको रूपमा बुझ्दा हुने थापाले बताउनुभयो ।

अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन गर्न नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले साथ नदिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेसँगको छलफल तीव्र पार्नुभएको छ ।

एमसीसीकै कारण आज बिहीवारको संसद् बैठक अन्तिम समयमा स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमै प्रधानमन्त्री देउवाले ओलीसँग अरू नेतासहित संयुक्त र एक्ला एक्लै छलफल गर्नुभएको हो । दिउँसो २ बजे सुरु भएको छलफल बेलुकी झन्डै ५ पाँच बजेसम्म चलेको छ । सुरुका दुई घण्टा प्रधानमन्त्री देउवाले महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्कीलाई सँगै राखेर एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता सुवास नेम्वाङसँग छलफल गर्नुभएको थियो भने एक घण्टा ओलीसँग एक्ला एक्लै छलफल गर्नुभएको थियो ।

प्रतिनिधि सभा टेबल भएको एमसीसीको पक्षमा मतदान नगर्ने माओवादी र एकीकृत समाजवादीको निर्णयपछि देउवाले बरु गठबन्धन भत्कियोस् तर एमसीसी पास गरेरै छाड्ने अडान लिनुभएको छ । पछिल्ला केही दिनका सङ्केत हेर्दा एमसीसीकै कारण सत्ता गठबन्धन टुट्न सक्ने आँकलन भइरहेको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

5 Comments

  • DL YADAV

    May 23, 2023, 8:48 a.m.

    Refugee kand Lai chham chhum parne tarika

  •  0 Reply
  • Prem gaha magar

    May 15, 2023, 7:15 p.m.

    राष्ट्रघाती सम्झौता mcc देश र जनताको हित विपरित छ भन्ने जान्दा जान्दै पहिले यसको देखावटी विरोध गर्ने एमाले र यसको लागि मरिमेट्ने कांग्रेस का नेता हरु लाई जनताले राम्रो सँग चिनजान गर्नु पर्छ र यो कार्य mcc को निउमा भ्रष्टाचारी हरु लाई ढाकछोप गर्ने रणनीति बाहेक अरु केही होइन सबै स्वार्थी छन् यहाँ।

  •  0 Reply
  • Ramjilaudari

    Dec. 10, 2022, 8:26 a.m.

    च्यांखे थापेर गरीने राजनीतिले देश रसातालमा पूर्याऊछ।दिगो र स्थायित्वका लागी नेका एमाले मिल्नुको बीकल्प छैन।

  •  0 Reply
  • sujan thapa magar

    Nov. 27, 2022, 9:53 p.m.

    गठबंधन टुटायो भने काङ्ग्रेस लाई धेरै फाइदा देखिन्छ घाटामा मावोबादी केन्द्र देखिन्छ

  •  0 Reply
  • दुखिराम

    Sept. 15, 2022, 9:33 a.m.

    अर्काकाे ढाडमा चढेरै भए पनि बैशाखी टेकीटेकी भएपनि राजनीति गर्छु भनेर डिङ हाँक्नेहरुकाे ठगबन्धने लाजनीति समाप्त पारेर अब देखि आफ्नै ओेेैकात अनुसार जनता समक्ष जाने निर्णय गर्नु पराे !!!! बैशाखी टेकेर फुइँ झार्ने नेताहरुकाे बेसमेन्टमा लाैराे बजार्ने बेला आएन र भन्या ????

  •  0 Reply

तपाईको प्रतिक्रिया