'ए' डिभिजन लिग : सातदाेबाटाेले च्यासललाई हरायाे, हिमालयन र फ्रेन्ड्सले बराबरी खेले

 फागुन १२, २०७८ बिहीबार १९:५५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले च्यासल युथ क्लबलाई हराएकाे छ । सातदोबाटोकाे एन्फा कम्प्लेक्समा आज बिहीवार भएको खेलमा सातदोबाटोले च्यासललाई एक–शून्य गोल अन्तरले हराएकाे हाे । सातदाेबाटाेका लागि खेलकाे साताैँ मिनेटमा मार्टिन्स अजयीले गरेकाे गाेल निर्णायक भयो ।

याे जितसँगै १३ खेलमा सातदोबाटाे २१ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । पराजित च्यासल १३ खेलमा ६ अङ्कसहित तालिकाको अन्तिम स्थानमा छ । च्यासल यसअघि नै 'रेलिगेशन' मा परिसकेको छ ।

त्यसैगरी त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । शेर्पा र फ्रेन्ड्सले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडे । फ्रेन्ड्सले आत्मघाती गोलबाट अग्रता लिए पनि शेर्पाले अन्तिम समयमा गोल गर्दै टोलीलाई हारबाट जोगायो । खेलको ७३ औँ मिनेटमा दिवस उराउको आत्मघाती गोलबाट फ्रेन्ड्सले अग्रता लिएको थियो ।

खेलको ८९ औँ मिनेटमा हिमालयन शेर्पाका विसन गुरुङले गोल गर्दै खेललाई एक–एक गोलको बराबरी ल्याए । यो बराबरीसँगै हिमालयन शेर्पाले १४ अङ्क जोड्दा फ्रेन्ड्सको ११ अङ्क भएको छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया