श्रीलङ्कासँगको पहिलो टी–२० मा भारत विजयी

 फागुन १३, २०७८ शुक्रबार ६:४२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

पाहुना टोली श्रीलङ्कासँगको पहिलो टी–२० मा भारत विजयी भएको छ । लखनउमा गएराति भएको खेलमा घरेलु टोली भारतले श्रीलङ्कालाई ६२ रनले हराएको हो ।

भारतले दिएको २ सय रनको लक्ष्य पछ्याएको श्रीलङ्काले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । श्रीलङ्काका चारिथ असलन्काले अविजित ५३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

दुश्मन्था चामिरा २४ रनमा अविजित रहे । भारतका भुवनेश्वर कुमार र भेन्कातेस आयरले दुई/दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा दुई विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । भारतका इशान किशनले ८९ रन तथा श्रेयस एयरले अविजित ५७ रनको अर्धशतकीय पारी खेले ।

कप्तान रोहित शर्माले ४४ रन बनाए । श्रीलङ्काका लाहिरु कुमारा र डसुन शनकाले एक/एक विकेट लिए । जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।
 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया