विश्व शिक्षक महासंघको बैठक शुक्रबारदेखि श्रीलंकामा

 भदौ २८, २०७५ बिहीबार १७:५३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – विश्व शिक्षक महासंघ (फिजे) को एशिया प्रशान्त क्षेत्रीय कमिटीको बैठक शुक्रबारदेखि श्रीलंकाको कोलम्बोमा सुरु हुँदैछ । 

बैठकमा सहभागी हुन नेपालबाट विभिन्न ६ शिक्षक युनियनका प्रतिनिधिहरु बिहीबार कोलम्बो प्रस्थान गरेका छन् । 

विश्वविद्यालय प्राध्यापक तथा विद्यालय शिक्षक एशोसिएसन (उस्टान) का अध्यक्ष रामकुमार वान्तवा राईको नेतृत्वमा १५ सदस्यीय टोली बैठकमा सहभागी हुँदैछ । 

उस्टान उपाध्यक्षद्वय नविन पौडेल र कविता लुइँटेल भट्टराई, एकीकृत अखिल नेपाल शिक्षक संगठन (एन्टो)बाट उपाध्यक्षहरु कृष्णदत्त जोशी, ऋषिराम चापागाईं, महासचिव निम बहादुर केसी कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ ।

त्यसैगरी माध्यमिक विद्यालय शिक्षक एशोसिएसन (हिस्टान)का अध्यक्ष पुष्प न्यौपाने, वरिष्ठ उपाध्यक्ष रहने बताइएको छ । ऋषिराम कट्टेल र महासचिव विक्रम पोख्रेल बैठकका लागि प्रस्थान गर्नुभएको छ । 

अखिल नेपाल शिक्षक संगठनबाट उपाध्यक्षहरु गंगाप्रसाद पौडेल, कमला वन्जाडे भुषाल, अखिल नेपाल शिक्षक संगठनबाट उपाध्यक्षहरु लक्ष्मीराम ढकाल, शंकर प्रसाद ढकाल र महासचिव रमेश रुपाखेती र नेपाल शिक्षक महासंघ (सिएनटी) बाट उपमहासचिव दीनानाथ तिमल्सिना कार्यक्रममा सहभागी हुनुहुनेछ ।

विश्व शिक्षक महासंघ सन् १९४६ मा स्थापना भएको हो । 


 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया