युक्रेनले भन्याे– ‘रुसी सेना राजधानी किएभमा पसे’

 फागुन १३, २०७८ शुक्रबार १५:२६:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसी सेना राजधानी किएभमा पसिसकेका युक्रेनले जनाएको छ । युक्रेनको रक्षा मन्त्रालयले आज शुक्रवार एक ट्वीट गर्दै यो कुराको पुष्टि गरेको हो । 

‘शत्रु’ (रुसी सेना) राजधानी किएभमा रहेको संसदबाट नौ किलोमिटर टाढा रहेका युक्रेनको रक्षा मन्त्रालयले बताएको बीबीसीले जनाएको छ । यस्तै मन्त्रालयले नागरिकहरूलाई पेट्रो बमको माध्यमबाट जवाफी कारबाही गर्न सुझाव दिएको छ । 

सामाजिक सञ्जालमा देखिएका भिडियोमा रुसी सेनाको ट्याङ्क ओभोलोन वरिपरि देख्न सकिन्छ । ओभोलोन राजधानी किएभ नजिकको क्षेत्र हो । 

रुसले युक्रेनमाथि हिजो बिहीवार आक्रमण सुरु गरेको थियो । त्यो घोषणापछि रुसी सैनिक विभिन्न भागबाट युक्रेन पसिरहेका छन् । 

युक्रेनी अधिकारीहरूले रुसी सैनिक राजधानी किएभमा पसिसकेको बताएका छन् । साथै रक्षा मन्त्रालयले नागरिकहरूलाई सेनामा समावेश हुन आग्रह गरेकाे छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया