अफगानिस्तानलाई ८८ रनले हराउँदै बङ्गलादेशले जित्यो शृङ्खला

 फागुन १३, २०७८ शुक्रबार १९:४५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानसँगकोे तीन खेलको एकदिवसीय शृङ्खला बङ्गलादेशले जितेको छ । आज चितागोङमा भएको दोस्रो एकदिवसीय खेलमा अफगानिस्तानलाई ८८ रनले हराएसँगै बङ्गलादेशले एक खेलअघि नै दुई–शून्यले शृङ्खला जितेको हो ।

बङ्गलादेशले दिएको तीन सय सात रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४५ ओभर १ बलमा दुई सय १८ रन बनाउँदै अलआउट भयो । उसका लागि नजिबुल्लाह जदरनले ५४, रहमत शाहले ५२ र मोहम्मद नाबीले ३२ रन बनाए पनि अन्य खेलाडीले राम्रो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ बङ्गलादेशका शाकिब अल हसन र तस्किन अहमदले दुई–दुई विकेट लिए । यस्तै मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम, मेहिदी हसन, महमुदुल्लाह र अफिफ होसेनले एक–एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर तीन सय ६ रन बनायो । उसका लागि लिटन दासले एक सय ३६, र विकेटकिपर मुशफिकुर रहिमले ८६ रन बनाए । बलिङतर्फ फरीद अहमदले दुई विकेट लिए भने फजलहक फरुकी र राशिद खानले एक–एक विकेट लिए । 

यसअघि अस्ति भएको पहिलो खेलमा बङ्गलादेशले अफगानिस्तानलाई चार विकेटले हराएको थियो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया