नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - बन्द हड्तालका नाममा अत्यावश्यक वस्तुको सूचीमा रहेको दुग्ध क्षेत्रलाई अवरोध गरिएको भन्दै नेपाल डेरी एसोसिएशनले आपत्ति जनाएको छ ।
एमसीसी पास परेको विरोधमा विभिन्न दलले आज गरेको नेपाल बन्दका क्रममा काभ्रेको बनेपाबाट दूध लिएर काठमाण्डौ आउँदै गरेको गाडीलाई सुकेधारामा तोडफोड गरिएको भन्दै एसोसिएशनले आपत्ति जनाएको छ ।
सरकारले नै दुग्ध क्षेत्रलाई अति आवश्यक सूचीमा राखेको र विगतदेखि नै बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि विना रोकतोक ढुवानी भइरहेकोमा यसपटक गाडी तोडफोड एवम् ढुवानीमा समेत अवरोध सिर्जना भएकोमा डेरी एसोसिएशनले घटनाको भर्त्सना गरेको छ ।
बन्द, हड्ताल, नाकाबन्दी, लकडाउन जस्ता समयमा दूध र दुग्धजन्य पदार्थ ढुवानीमा सहज होस् भनि राष्ट्रिय दुग्ध विकासको नेतृत्वमा प्रतीक चिह्न (लोगो) प्रयोगमा समेत ल्याइएको अवस्थामा यसरी तोडफोड हुने परिस्थिति सिर्जना हुनु दु:खद भएको एसोसिएशनको भनाइ छ ।
आइन्दा अत्यावश्यक वस्तु बोक्ने कुनै पनि गाडी माथि तोडफोड नगर्न र आज तोडफोड गरिएको गाडीको क्षतिपूर्ति दिन समेत सम्बन्धित बन्दकर्ता राजनीतिक दललाई नेपाल डेरी एसोसिएशनले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।