रुसी बख्तरबन्द गाडीहरूको ठूलो लस्कर युक्रेनको राजधानी किएभतर्फ जाँदै

 फागुन १७, २०७८ मंगलबार १५:२४:९ | एजेन्सी
unn.prixa.net

माक्सर टेक्नाेलाेजिज्

रुसी बख्तरबन्द गाडीहरूको ठूलो लस्कर युक्रेनको राजधानी किएभतर्फ गइरहेको तस्बिर सार्वजनिक भएको छ । मेक्सर टेक्नोलोजीले सार्वजनिक गरेको स्याटेलाइट तस्बिरअनुसार रुसी सैनिकहरूको गाडीको लाइन झन्डै ६० किलोमिटर लामो रहेको बीबीसीले जनाएको छ । 

रुस र युक्रेनका अधिकारीहरूबीच बेलारुसमा भएकोे शान्ति वार्ता विफल भएपछि रुसी सैनिकको बख्तरबन्द गाडीहरूको लस्कर सार्वजनिक भएको हो । हिजो साेमवार दिउँसो लिइएको तस्बिरमा सयौँ बख्तरबन्ध गाडी, ट्याङ्क र तोपहरू छन् । युक्रेनको राजधानी किएभमा रुसी आक्रमण केही कम भएको बेला फेरि अत्याधुनिक हतियारसहित ठूलो सङ्ख्यामा सेनाहरू गइरहेका हुन् । 

सार्वजनिक भएको स्याटेलाइट तस्बिरमा दक्षिणी बेलारुसमा पनि रुसी सैनिक र हेलिकप्टर तैनाथ भएको देखिन्छ । राजधानी किएभमा अहिले हवाई आक्रमणकाे सङ्केतस्वरूप साइरनहरू बजिरहेका बीबीसीले जनाएको छ । रुसले युक्रेनमा हवाई र जमिन दुवैतर्फबाट आक्रमण जारी राखेको छ । 

यसैबीच युक्रेनमा आरोपित युद्ध अपराधबारे अनुसन्धान हुने भएको छ । द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका अभियोजनकर्ताले युक्रेनमा आरोपित युद्ध अपराधबारे छिट्टै अनुसन्धान थाल्ने योजना रहेको बताएका बीबीसीले जनाएको छ । युद्ध अपराध र मानवताविरुद्धको अपराध भएको कुरा विश्वास गर्ने पर्याप्त आधारहरू रहेका अभियोजनकर्ता करिम खानले बताउनुभयो । रुसले युक्रेनको दोस्रो ठूलो शहरमा जानाजान सर्वसाधारणलाई निसाना बनाएर हवाई आक्रमण गरिरहेकाले यो युद्ध अपराध रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गर्नुभएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया