युक्रेन–रुस युद्ध : फ्रान्सद्वारा आफ्ना नागरिकलाई रुस छाड्न आग्रह

 फागुन १९, २०७८ बिहिबार १५:५८:३ | एजेन्सी
unn.prixa.net

फ्रान्सले आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण र रुस र युरोपेली सङ्घबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रुस छाड्न कडा आग्रह गरेको छ । 

‘रुसले युक्रेनमा गरेको आक्रमण र अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको सन्दर्भमा हामीले आफ्नो सतर्कता बढाउनुपर्छ’, विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ  । मन्त्रालयले फ्रान्सेली नागरिकहरूलाई रुसमा रहेको आफ्नो दूतावासको वेबसाइटमा फ्रान्सका लागि “अप्रत्यक्ष“ उडानहरूको “गैर–विस्तृत“ सूचीका लागि ईयू सदस्य राष्ट्रहरूले रुसी विमान र सेवाहरूका लागि आफ्नो एअरस्पेस बन्द गरेपछि फ्रान्सले यस्तो आग्रह गरेको छ । 

त्यहाँ धेरै कम उडानहरू रहेका र जो मानिसहरूसँग रुसमा  रहन बिलकुल आवश्यक कारण छैन उनीहरूले छाड्ने छनोट गर्नुपर्ने विदेश मन्त्रालयका प्रवक्ताले भन्नुभएको छ  । फ्रान्सेली सरकारले आफ्ना नागरिकहरूलाई रुसको कुनै पनि यात्रा स्थगित गर्न आग्रह गरेको छ ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी देश युक्रेनमाथि गएको फेब्रुअरी २४  तारिखदेखि सैन्य आक्रमण सुरु भएको घोषणा गर्नुभएको थियो । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रुसको आत्मरक्षाका लागि भएको दाबी गर्नुभएको थियो । तर रुसी सेनाले राजधानी किएभलगायत अन्य विभिन्न ठाउँमा पनि आक्रमण गरेको पाइएको छ ।  
 
आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षेत्रमा अवस्थित सामरिक महत्त्वको क्राइमियालाई आफ्नो देशमा गाभेको रुसले फेरि पूर्वी युक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरेको थियो ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया