इलाममा फेला परेकाे घाइते चितुवाको उद्धार, काेसीटप्पु पठाइयाे

 फागुन १९, २०७८ बिहिबार १८:२५:३१ | रासस
unn.prixa.net

फाइल फाेटाे

इलाम – इलाममा फेला परेको घाइते चितुवाको उद्धार गरिएको छ । इलामकाे माइजोगमाई–६ प्याङमा फेला परेको घाइते चितुवाको उद्धार गरिएको हो ।  

एक खोल्सीमा चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सब डिभिजन कार्यालय नयाँ बजारलाई जानकारी गराएपछि त्यहाँको आएको टोलीले हिजाे बुधवार राति ती चितुवालाई उद्धार गरी डिभिजन वन कार्यालय इलाममा ल्याइएको थियो । 

घाइते चितुवाको उपचार, पुनर्स्थापनाका लागि कोसीटप्पु वन्यजन्तु आरक्षमा पठाइएको जिल्ला वन कार्यालय इलामका प्रमुख इन्द्रमणि भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार चितुवाको शरीरमा घाउसमेत देखिएको छ । 

मानिसले नै घाइते बनाएको वा अन्य वन्यजन्तुले घाइते बनाएको सम्बन्धमा अनुसन्धान भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया