एनआरटी पाँचौँ खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरियो

 फागुन २०, २०७८ शुक्रबार १९:१४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - न्युरोड टिम एनआरटी, पाँचौँ खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

धनगढी रङ्गशालामा आज वाग्मती युथ क्लबसँग पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित भएपछि एनआरटी बाहिरिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा वाग्मतीका अमूल श्रेष्ठ, विजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे भने एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरे ।  यस जितसँगै वाग्मती क्वाटर फाइनलमा पुगेको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया