सुपर लिगको दोस्रो संस्करणका लागि १८ जना खेलाडी सर्वाधिक महँगाे रकममा बिक्री

 फागुन २०, २०७८ शुक्रबार १९:४४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि कुल १८ खेलाडी सर्वाधिक महँगो रकममा बिक्री भएका छन् ।  जसमा १० खेलाडी गोल्डेन बजरबाट महँगो रकममा गएका थिए ।

'ए' श्रेणीमा रहेका १८ खेलाडी जनही तीन लाख ५० हजार रुपैयाँमा १० वटा टिममा अनुबन्ध भएका छन्। कुल दुई सय ४९ खेलाडीमा बोली लाग्दा 'ए' श्रेणीमा ४० खेलाडी थिए ।

आशिष गुरुङ काठमाण्डौ रेजर्समा, दीप कार्की विराटनगर सिटी एफसी, त्रिदेभ गुरुङ–चितवन एफसी, मानबहादुर तामाङ–वीरगञ्ज युनाइटेड, सिमान्त थापा–धनगढी एफसी, सुनिल बल काठमाण्डौ रेजर्स, दिनेश राजवंशी–पोखरा थन्डर्स, सेसेहाङ आङदाम्बे–झापा एफसी, छिरिङ गुरुङ–पोखरा थन्डर्स, सनिस श्रेष्ठ–ललितपुर सिटी एफसी, निसान्त खड्का–झापा एफसी, गौतम श्रेष्ठ–स्पोर्टिङ इलाम, दर्शन गुरुङ–लुम्बिनी बुटवलमा अनुबन्ध भएका छन् ।

यस्तै पुजन उपरकोटी–धनगढी एफसी, एरिक विष्ट–पोखरा थन्डर्स, आकाश बुढामगर–धनगढी एफसी, सुमन अर्याल–लुम्बिनी बुटवल, विशाल सुनार–ललितपुर सिटी एफसीमा अनुबन्ध भएका हुन् । यी  खेलाडी सबैभन्दा महँगो रकममा बिक्री भएका खेलाडी हुन् । यी सबैजना तीन लाख ५० हजार रुपैयाँमा बिक्री भएका हुन् । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया