'बी' डिभिजन लिग : सरस्वती र झम्सिखेलकाे बराबरी, मध्यपुरले सामाजिक युवालाई ५–२ ले हरायाे

 फागुन २०, २०७८ शुक्रबार २०:१८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज सरस्वती युथ क्लब र झम्सिखेल युथ क्लबले बराबरी खेलेका छन् । एन्फा कप्लेक्स सातदोबाटोमा आज भएको खेलमा सरस्वती र झम्सिखेलले १–१ गोलको बराबरी खेलेका हुन्।

खेलको २२ औँ मिनेटमा सञ्जीव लामाले गोल गर्दै सरस्वतीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको पहिलो हाफको इन्जुरी समयमा तीर्थ बहादुर बस्नेतले गोल गर्दै झम्सिखेललाई १–१ गोलको बराबरीमा ल्याए ।

एन्फा कम्पलेक्समै आजै  भएको अर्को खेलमा  मध्यपुर युथ एसोसिएशनले विजयी सुरुआत गरेको छ । मध्यपुरले सामाजिक युवा क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

मध्यपुरका लागि सञ्जीव थापा मगरले दुई गोल गर्दा सन्नी लामा, धिरज श्रेष्ठ र जेनिष प्रजापतिले एक–एक गोल गरे ।  सामाजिक युवाका लागि विकास दर्जी र वसन्त बहादुर रानाले एक–एक गोल गरे । 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया