नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान

 फागुन २१, २०७८ शनिबार १२:३२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यूएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टुमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान श्रीलंका प्रस्थान गरेको छ ।

विश्वकप क्रिकेट लिग टु मा सहभागी हुनुभन्दा अगाडि नेपालले श्रीलंकामा अभ्यास खेल खेल्नेछ । श्रीलंकामा नेपालले पहिलो श्रेणीका टोलीसँग चार वटा अभ्यास खेल खेल्ने भएको हो । नेपाल, श्रीलंकाबाटै मार्च १४ मा यूएई जाने कार्यक्रम छ ।

त्रिदेशीय श्रृङ्खलाका लागि नेपालबाट १६ खेलाडीलाई अन्तिम सूचीमा राखिएको छ । नेपालले एकदिवसीय शृङ्खलामा यूएई र पपुवा न्यू गिनी (पीएनजी)सँग खेल्नेछ । लिग टु मा नेपालसहित ७ टोली सहभागी छन् । नेपालको राष्ट्रिय टोलीमा कप्तान सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, कमलसिंह ऐरी, बिबेक यादव, सागर ढकाल, पवन सराफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, बिक्रम सोब र भिम शार्की छन् । टोलीलाई हिजो नेपाल क्रिकेट संघ क्यानले विदाइ गरेको थियो

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया