चर्च ब्वाइजकाे लगातार दाेस्राे जित, श्री कुमारी र सामाजिक युथले बराबरी खेले, आरसीटीकाे पहिलाे जित

 फागुन २२, २०७८ आइतबार १९:२२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आज आइतवार भएका खेलमा श्री कुमारी क्लब र सामाजिक युथ क्लबले बराबरी खेल्दै अङ्क बाँड्दा चर्च ब्वाइजले लगातार दोस्रो जित निकालेको छ । 

एन्फा कम्प्लेक्स सातदाेबाटाेमा भएकाे पहिलो खेलमा चर्च ब्वाइजले खुमलटार युथ क्लबलाई दुई–शून्यले हरायाे । जितसँगै चर्च ब्वाइजले यस संस्करणकाे लिगमा लगातार दोस्रो जित निकालेको छ । अघिल्लो खेलमा ह्याट्रिक गरेका आशिष चापागाईंले खुमलटारसँगकाे खेलमा दुई गाेल गरे । उनले खेलकाे ५४ औँ र ७१ औँ मिनेटमा गाेल गरे । 
खुमलटारले यस संस्करणमा पहिलो हार भोगेको छ । यसअघि पहिलो खेलमा खुमलटारले रानीपोखरी कर्नर टिम (आरसीटी)लाई तीन–एक गोल अन्तरले हराउँदै लिगमा सुखद सुरुवात गरेको थियो ।

एन्फा कम्पलेक्समै भएको दोस्रो खेलमा श्री कुमारी र सामाजिक युथले तीन–तीन गाेलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । कुमारीका लागि राज भुषाल, दिपेन मगर र लक्ष्मण मान थारु एक–एक गोल गरे । यस्तै सामाजिक युथका लागि वसन्तबहादुर राना, सुरेश खत्री र कृष्ण भण्डारीले एक–एक गोल गरे । 

लिगकाे तेस्रो खेलमा रानीपोखर कर्नर टिम (आरसीटी) ले मध्यपुर युथ एसोसियशनलाई दुई–शून्य गाेलको अन्तरले पराजित गर्दै पहिलो जित निकालेको छ । पहिलो खेल गुमाएको आरसीटीलाई जिताउन अमर डंगोलले पहिलो मिनेटमा नै गोल गरेका थिए । पहिलो हाफमा अग्रता लिएको आरसीटीले दोस्रो हाफमा थप एक गोल गर्दै अग्रता दाेब्बर बनाएकाे थियो । ७६ औँ मिनेटमा सागर थारुले गोल गरेका थिए । 

तस्बिर : एन्फा

 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया