प्रिमियर लिग : म्यानचेस्टर सिटीले युनाइटेडलाई हरायो, आर्सनलसँग वाट्फोर्ड पराजित

 फागुन २३, २०७८ सोमबार ७:३९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित  गरेको छ ।

गएराति भएको खेलमा सिटीले युनाइटेडलाई ४–१ गोल अन्तरले हराएको हो । सिटीलाई जिताउन केभिन डे ब्रुएन र रियाद महरेजले २/२ गोल गरे ।  युनाइटेडका जाडोन सान्चोले एक गोल गरे । जितसँगै शीर्षस्थानको सिटीले २८ खेलमा ६९ अङ्क जोडेको छ ।

दोस्रो स्थानमा रहेको लिभरपुलको ६३ अङ्क छ । म्यानचेस्टर युनाइटेड भने ४७ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ । यस्तै, गएराति नै भएको अर्को खेलमा आर्सनलले वाट्फोर्डलाई ३–२ गोल अन्तरले  पराजित गरेको छ । जितपछि आर्सनलको ४८ अङ्क भएको छ । आर्सनल अङ्क तालिकाको चाैथो स्थानमा छ भने वाट्फोर्ड १९ अङ्कसहित १९औँ स्थानमा छ । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया