ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – पहिलो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का नेभीलाई एक सय ११ रनले हराएको छ । कोलम्बोमा नेपालले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको श्रीलङ्का नेभी २८ ओभर पाँच बलमा एक सय तीन रन बनाउँदा अलआउट भयो ।
श्रीलङ्काका एम मधुशंकाले ३० रन बनाउनुबाहेक अरूले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले तीन, ज्ञानेन्द्र मल्ल र विक्रम शोबले दुई/दुई तथा करण केसी, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एक/एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर एक बलमा अलआउट हुँदै दुई सय १४ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन बनाए । यस्तै आशिफ शेखले ३६, विनोद भण्डारीले २२, करण केसीले १६, कमलसिंह ऐरीले १५, कुशल भुर्तेलले १३, रोहित पौडेलले १३, सागर ढकालले १३, कप्तान सन्दीप लामिछानेले ११, विक्रम सोबले ११ र ज्ञानेन्द्र मल्लले दुई रन बनाए ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत एकदिवसीय शृङ्खलाका लागि अभ्यास खेल खेल्न नेपाली टोली श्रीलङ्कामा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।