खप्तड गोल्डकप : मच्छिन्द्र र वाग्मती खेल्दै, नारी दिवसका अवसरमा महिलालाई प्रवेश निःशुल्क

 फागुन २४, २०७८ मंगलबार ७:०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुदूरपश्चिम खप्तड गोल्डकपमा आज मच्छिन्द्र फुटबल क्लब र वाग्मती क्लब खेल्दैछन् । ‘ए’ डिभिजनको च्याम्पियन मच्छिन्द्र र वाग्मतीबीच क्वाटर फाइनल खेल धनगढी रङ्गशालामा दिउँसो ४ बजे सुरु हुनेछ ।

मच्छिन्द्रले सिधै क्वाटर फाइनल खेल खेल्न लागेको हो ।वाग्मतीले आफ्नो पहिलो खेलमा न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा हराएको थियो । आजको खेलमा महिलालाई प्रवेश निःशुल्क गरिएको छ ।

नारी दिवसका अवसरमा आजको खेलमा महिलालाई प्रवेश निःशुल्क गरिएको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले विज्ञप्ति निकालेर जनाएको छ । प्रतियोगितामा दुई फरक टिकट दर छ। विद्यार्थीका लागि १ सय र अरुका लागि १ सय ५० रुपैयाँ तोकिएको छ ।

सर्वाधिक राशिको खप्तड गोल्डकपमा १० टोली सहभागी छन् । विजेताले २१ लाख रुपैयाँ र उपविजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया