दाेस्राे अभ्यास खेलमा पनि नेपाल विजयी, श्रीलङ्का नेभी १ सय १५ रनमै अलआउट

 फागुन २४, २०७८ मंगलबार १७:१२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दोस्रो अभ्यास खेलमा पनि नेपाली क्रिकेट टाेलीले श्रीलङ्का नेभीलाई हराएको छ । कोलम्बोमा आज मङ्गलवार भएको खेलमा नेपालले श्रीलङ्का नेभीलाई ८१ रनले हरायो ।

नेपालले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको नेभीले ३० ओभर पाँच बलमा अलआउट हुँदै एक सय १५ रन मात्रै बनाउन सक्यो । नेपालका लागि पवन सरार्फले ३, दीपेन्द्रसिंह ऐरीले दुई तथा सन्दीप लामिछाने, विक्रम सोब र कुशल भुर्तेलले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभर चार बलमा अलआउट हुँदै एक सय ९६ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६३ रन बनाए । यस्तै विवेककुमार यादवले २६, भीम सार्कीले २८, पवन सर्राफले २२, रोहित पौडेल र सागर ढकालले ८/८ तथा कुशल भुर्तेलले तीन रन बनाए । विनोद भण्डारीले दुई रन बनाए भने ज्ञानेन्द्र मल्ल र विक्रम सोबले १/१ रन बनाए । कप्तान सन्दीप लामिछाने १४ रनमा नटआउट रहे । 

हिजो साेमवार भएको खेलमा नेपाल एक सय ११ रनले विजयी भएको थियो । यूएईमा हुने विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको एकदिवसीय शृङ्खलाकाे तयारीका लागि नेपाली टोली अभ्यास खेल खेल्न श्रीलङ्कामा छ । श्रीलङ्कामा रहँदा नेपाली टोलीले चार वटा अभ्यास खेल खेल्नेछ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया