दीपेन्द्रसिंह ऐरी 'आईसीसी प्लेयर अफ द मन्थ' काे मनाेनयनमा

 फागुन २५, २०७८ बुधबार १४:२३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको महिनाकै उत्कृष्ट खेलाडी अर्थात् 'प्लेअर अफ द मन्थ' काे मनाेनयनमा नेपालका दीपेन्द्रसिंह ऐरी पर्न सफल भएका छन् । 

आईसीसीले आज बुधवार सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट तीन जना खेलाडीको सूचीमा नेपालका दीपेन्द्रसिंह ऐरी, भारतका श्रेयस अय्यर र यूएईका वृत्य अरविन्द परेका छन् । भोटिङका आधारमा तीन जनामध्ये एक जना महिनाकै उत्कृष्ट खेलाडी घोषित हुनेछन् । 

आईसीसी टी–२० विश्व कपको ग्लोबल छनोटमा नेपाल छनोट हुन सकेन र तेस्रो स्थानमै रह्यो । तर नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । उनले प्रतियोगितामा एक सय ५९ रन बनाउँदै ६ विकेट पनि लिए । 

छनोटअघि ओमान, यूएई र आयरल्यान्डसँग भएको शृङ्खलामा पनि दीपेन्द्रले एक सय ४२ रन बनाउँदै चार विकेट पनि लिएका थिए । 

यस्तै भारतीय खेलाडी श्रेयस अय्यरले वेस्ट इन्डिजसँगको एकदिवसीय र टी–२० तथा श्रीलङ्कासँगको शृङ्खलामा पनि उत्कृष्ट ब्याटिङ गरेका थिए । 

यूएईका वृत्य अरविन्दले आईसीसी टी–२० विश्व कप ग्लोबल छनोटमा उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई विश्व कपमा पुर्‍याएका छन् । १९ वर्षका अरविन्दले पाँच खेलमा दुई सय ६७ रन बनाएका छन् । 

भाेट गर्न यहाँ क्लिक गर्नुहाेस् ।

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया