पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिकाे निर्देशन

 फागुन २५, २०७८ बुधबार १७:१९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ । 

आज बुधवार सिंहदरबारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । छलफलपछि समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको बताउनुभयो । उहाँले नेपाल आयल निगमका जायज मागलाई सम्बोधन गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘उपभोक्तालाई मार नपर्ने गरी सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध होस् । यसका लागि नेपाल आयल निगम पनि धराशायी स्थितिमा पुगेको हुनाले उसकाे मागहरूको पनि व्यवस्था होस् भन्ने सतितिको ठहर रहर रहेको छ । सकभर मूल्य नियन्त्रण गर्नतर्फ सरकारको ध्यान जाओस् ।’

सभापति श्रीवास्तवले सरकारले उपभोक्तालाई सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध नगराएकोमा पनि आपत्ति जनाउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया