सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – पत्रकार राजु बस्नेतलाई काठमाडाैं जिल्ला अदालतले सामान्य तारेखमा छाड्न आदेश दिएलगत्तै अदालत परिसरबाटै फेरि पक्राउ परेका छन् ।
बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै अदालतले बस्नेतलार्इ छाड्न अादेश दिएको हो ।
यसैबीच अदालतले छाड्न आदेश दिएको भए पनि प्रहरीले बस्नेतलाई अदालत परिसरबाटै नियन्त्रणमा लिएर फेरि महानगरीय प्रहर परिसर ललितपुर जावलाखेल लगेको छ ।
आवश्यक कागजात गरेर छाड्नु पर्ने भएकाले आफूहरुले बस्नेतलाई प्रहरी कार्यालय ल्याएको महानगरीय प्रहर परिसर ललितपुर जावलाखेलका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । थुनुवाको मेडिकल गरेर मात्रै छोड्नु पर्ने भएकाले आफूहरुले प्रक्रियागत रुपमा छाड्न खोजेको उहाँको भनाइ छ ।
प्रेस युनियन काठमाडौंका जिल्ला सचिव महेश्वर गौतमले अदालतले छाड्ने आदेश दिए पनि प्रहरीले बस्नेतलाई पुनः पक्राउ गर्नुले सम्मानित अदालतको अवहेलना तथा प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भएको बताउनुभयो ।