सिक्किमकाे रेडपान्डा एफसीलाई हराउँदै झापा–११ सेमिफाइनलमा

 फागुन २६, २०७८ बिहीबार २०:३२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा – सिक्किमको रेडपान्डा एफसीलाई हराउँदै घरेलु टोली झापा–११ झापा गोल्ड कप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडको डोमलाल राजवंशी रङ्गशालामा आज बिहीवार भएको खेलमा झापाले रेडपान्डा एफसीलाई पाँच–एक गोलले हरायो । झापाको जितमा विमल घर्तीमगरले दुई गाेल गरे । यस्तै कप्तान विशाल राई 'बी' र विश्वास श्रेष्ठले एक–एक गोल गरे । झापाले एक गोल आत्मघाती रूपमा उपहार पायो ।

झापाले फाइनल प्रवेशका लागि आउँदाे शनिवार सङ्कटा क्बलसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा भोलि त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब खेल्नेछन् । 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया