झापा गोल्डकप : त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लब खेल्दै

 फागुन २७, २०७८ शुक्रबार ८:४०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन्।

खेल दिउँसो साढे २ बजे बिर्तामोडको डोमलाल राजवंशी मैदानमा सुरु हुनेछ । क्वाटर फाइनलमा आर्मीले दार्जिलिङको मानेभञ्ज्याङ युथ क्लबलाई हराएको थियो भने सातदोबाटोले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सेमिफाइनल पुगेको हो।

आजको विजेताले उपाधिको लागि आयोजक झापा ११ र सङ्कटा क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताका विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने आयोजकले जनाएको छ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया