नेपाल श्रीलङ्का संयुक्त–११ सँग ९२ रनले पराजित

 फागुन २७, २०७८ शुक्रबार १७:३१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अभ्यास खेलका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली चौथो तथा अन्तिम खेलमा पराजित भएको छ । नेपाल श्रीलङ्का संयुक्त–११ सँग ९२ रनले पराजित भएको हो ।

श्रीलङ्का संयुक्त–११ ले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर दुई बलमा एक सय ४० रनमा अलआउट भयो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६, कुशल भुर्तेलले ३२, राहुल पौडेलले २१ रन बनाए । यस्तै आरिफ शेख १३, सोमपाल कामी आठ, आसिफ शेख पाँच, दीपेन्द्रसिंह ऐरी दुई रनमा आउट भए । विनोद भण्डारी र सागर ढकाल एक–एक रन बनाएर आउट भए । बिक्रम सोब शून्यै आउट हुँदा कप्तान सन्दीप लामिछाने शून्यमै नटआउट रहे । बलिङतर्फ श्रीलङ्का संयुक्त–११ का एस दक्सिनाले तीन र दिनशन मुनवीराले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्का संयुक्त–११ ४८ ओभर दुई बलमा अलआउट हुँदै दुई सय ३२ रनको योगफल बनायो । उसका लागि अनुक फेर्नान्डोले ५६, सदुन वीराकोदीले ४९, कुमारस्वामीले ३०, दिलशन मुनवीराले १४, दिलरुवान परेराले १४ र सुकुगे प्रसन्नाले १२ रन बनाए । 

नेपालले पहिलो अभ्यास खेलमा श्रीलङ्का नेभी स्पोर्ट्स क्लबलाई एक सय ११ रनले हराउँदा दोस्रो खेलमा उसलाई नै ८२ रनले हराएको थियो । यस्तै तेस्रो अभ्यास खेलमा श्रीलङ्का पुलिसलाई एक सय ४४ रनले हराएको थियो ।

विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत यूएईमा हुने एकदिवसीय शृङ्खलाको तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा अभ्यास खेल खेलेको हो । नेपाल, पपुवा न्युगिनी र यूएईबीच हुने शृङ्खला आउँदो चैत १ गतेदेखि सुरु हुनेछ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया