सातदाेबाटाेलाई ४–१ गाेलले हराउँदै आर्मी झापा गाेल्ड कपकाे फाइनलमा

 फागुन २७, २०७८ शुक्रबार १९:३२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा – विभागीय टिम त्रिभुवन आर्मी क्लब झापा गोल्ड कपको फाइनलमा पुगेको छ । सातदोबाटो युथ क्लबलाई चार–एक गोलको फराकिलो अन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो । आर्मीको जितमा टेकबहादुर बुढाथोकीले दुई तथा सुमन आर्याल र सन्तोष तामाङले एक–एक गोल गरे । सातदोबाटोका लागि दीपक सिंह ठकुरीले गोल गरे । 

बिर्तामोडमा रहेको डोमालाल राजवंशी मैदानमा २७ औँ मिनेटमा सुमन आर्यालको गोलबाट आर्मीले अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा दीपक सिंहले गोल गर्दै खेललाई पहिलाे हाफमा एक–एक गाेलको बराबरीमा पुर्‍याएका थिए । 

त्यसपछी ५९ औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीलाई दुई–एकले अगाडि राखे । त्यसपछि तीन मिनेटको फरकमा टेकबहादुर बुढाथोकीले दुई गोल गर्दै आर्मीलाई ठूलाे अग्रताले जिताए ।  

अब आर्मीले आउँदाे सोमवार हुने फाइनलमा झापा–११ र सङ्कटा क्लबबीचको विजेतासँग खेल्नेछ । 

अन्तिम अपडेट: जेठ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया