रुस–युक्रेन वार्ता सकारात्मक रूपमा अघि बढिरहेकाे छ : पुटिन

 फागुन २७, २०७८ शुक्रबार १९:४७:२४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी र युक्रेनी अधिकारीहरूबीच चलिरहेको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताउनुभएको छ । बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग आज शुक्रवार मस्कोमा भएको भेटमा पुटिनले आफ्नोतर्फका वार्ताकारहरूको अनुसार वार्तामा सकारात्मक परिवर्तनहरू देखिएका बताउनुभएको बीबीसीले जनाएको छ ।

युक्रेन र बेलारुस सीमामा दुई पक्षका टोलीबिच तीन चरणमा वार्ता भएका हुन् । हिजो बिहीवार युक्रेन र रुसका विदेशमन्त्रीहरू टर्कीमा भेटेका थिए । तर अहिलेसम्म ती वार्ताबाट कुनै नतिजा देखिएको छैन ।

पुटिनले रुसविरुद्ध लगाइएका प्रतिबन्धहरूले आफ्नो देशमा सकारात्मक प्रभाव पार्ने दाबीसमेत गर्नुभएको बीबीसीले जनाएको छ । रुसले युक्रेनका थप तीन वटा सहरमा आक्रमण सुरु गरेको र राजधानी किएभलाई रुसी सेनाले नजिकैबाट घेरेको बीबीसीले जनाएको छ । 

यसैबीच रुस–युक्रेन युद्ध सुरु भएपछि युक्रेनबाट विस्थापित हुनेको सङ्ख्या २५ लाख नाघेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । विस्थापित हुनेमध्ये एक लाख १६ हजार विदेशी नागरिक रहेका र झन्डै थप २० लाख मानिस युक्रेनभित्रै विस्थापित भएका बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया