वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश

 फागुन २८, २०७८ शनिबार १७:९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गर्नुभएको छ । सरावगी जनता समाजवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको हो ।

वीरगञ्जको प्रसौनीविर्तामा आयोजना गरिएको कार्यक्रममा सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो । २०७४ सालको स्थानीयतहको चुनावमा  सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित हुनुभएको थियो ।  पार्टी प्रवेश कार्यक्रममा मेयर सरावगीले आफू एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको व्यक्तित्वबाट पहिलेदेखि प्रभावित रहेको र जनता समाजवादी पार्टीमा अहिले पनि जातिवादकै राजनीति भइरहेको र जातिवादको राजनीति गर्ने पार्टी कहिल्यै पनि राष्ट्रिय पार्टी हुन नसक्ने बताउनुभएको छ ।

सरावगीसँगै वीरगञ्ज महानगरपालिका वडा नम्बर  १४ का अध्यक्ष भरत कुर्मी र वडा नम्बरं २५ का अध्यक्ष विश्वराज राउत कुर्मी पनि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरु  पनि तत्कालीन संघीय समाजवादी फोरम पार्टीबाट पार्टी अध्यक्ष चुनिनुभएको थियो । 

यसैबीच बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीसहित पाँच जना जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेले आदर्श कोतवाल गाउँपालिकाको महेन्द्र आदर्श जयनगर च्युँटाहाको रामचरित्र माध्यमिक विद्यालयमा  आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले टीका र माला लगाएर अन्सारीसहित पाँच जनालाई एमाले प्रवेश गराउनुभएको हो । पालिका अध्यक्ष मुस्तुफा जनता समाजवादी पार्टी त्याग गरेर एमालेमा प्रवेश गर्नुभएको हो ।  उहाँसहित माओवादी र अन्य पार्टीका चार जना वडाध्यक्षहरु एमाले प्रवेश गर्नुभएको हो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया