भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
रसुवा - लाङटाङ राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा ८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिने भएको छ ।
हाइड्रो कन्सर्न प्रालिले धुन्चेमा ८ मेगावाट क्षमताको त्रिशूली खोला साना जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । आयोजनाको संरचना त्रिशूली नदीको बायाँतर्फ रहने छ । निकुञ्जको कोर क्षेत्रभित्र आयोजना निर्माण सकिने तर ५० प्रतिशत पानी छोड्नुपर्ने प्रावधान छ । यही प्रावधान अनुसार आयाेजना निर्माण गर्न लागिएको हो ।
निर्माण सुरु भएको ३० महिनामा उत्पादन सुरु हुने गरी काम गरिने कन्सर्नका प्रमुख हेमजङ्ग गुरुङले बताउनुभयो । ‘हामीले प्रारम्भिक अध्ययनको काम सम्पन्न गरिसकेका छौँ’, उहाँले भन्नुभयो, ‘अब यसको बाँकी प्रक्रिया अघि बढ्छ ।’ २०७५ भदौमा अध्ययनको अनुमति पाएको संस्थाले प्रारम्भिक अध्ययनको काम सम्पन्न गरेको छ । प्रतिवेदन अनुसार प्रतिमेगावाट उत्पादन लागत १८ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
आयोजनाको अस्थायी तथा स्थायी संरचना निर्माणका लागि ४ दशमलव १ हेक्टर जग्गा आवशयक पर्ने उहाँले बताउनु भयाे। जसमध्ये १ दशमलव ५ हेक्टर स्थायी र २ दशमलव ६ हेक्टर अस्थायी रूपमा प्रयोग हुने छ । प्रस्तावित आयोजनाका अनुसार वार्षिक ४७ दशमलव ३५८ गिगावट विद्युत् उत्पादन हुने छ । ‘करिब ३४ सय मिटर पाइप राखिने भएकाले लागत रकम महँगो पर्न जाने देखिन्छ’, उहाँले भन्नुभयो, ‘तर लागतअनुसार प्रतिफल आउनेमा ढुक्क छौंँ।’ उत्पादन हुने विद्युत् चिलिमे हबमा लगेर जोडिनेछ । यसका लागि १५ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ ।
आयोजनाको लागि निकुञ्ज क्षेत्रमा ३५ वटा मात्र रुख कटान गरिने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार एउटा रुख कटान गरेबापत २५ वटा रुख रोपिने छ । आयोजनाले निकुञ्जको ३ दशमलव ७ हेक्टर जग्गा प्रयोग गर्नेछ । यसबापत जग्गा सट्टा भर्ना गरिनेछ । जग्गामा क्षतिपूर्ति स्वरूप १६ सय प्रतिहेक्टरका दरले ५ हजार ९ सय २० वटा बिरुवा रोपिने आयोजनाले जनाएको छ ।
लगाइएका रुखको ५ वर्षसम्म संरक्षण गरी निकुञ्ज तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिने छ । आयोजनाले बाँझो जमिन, नदी तट संरक्षण तथा खुल्ला भिरालोपना जोगाउन वृक्षारोपण गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसअघि पनि यस क्षेत्रमा आयोजना निर्माण गर्नका लागि विभिन्न संस्थाले अध्ययन गरेका थिए । तर आयोजना निर्माण हुन सकेकाे थिएन। त्यसपछि कन्सर्नले आयोजनाको अध्ययनका लागि अनुमति पाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।