रोनाल्डोकाे ह्याट्रिकसँगै इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

 फागुन २९, २०७८ आइतबार ९:१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - क्रिस्टियानो रोनाल्डोले ह्याट्रिकसँगै इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

गएराति भएको खेलमा युनाइटेडले टोटेनह्यामलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा खेलमा रोनाल्डोले १२, ३८ र ८१ औँ मिनेटमा गोल गरे । १४ वर्षपछि म्यानचेस्टर युनाइटेडका लागि रोनाल्डोले ह्याट्रिक गरेका हुन् ।

युनाइटेड फर्किएपछि रोनाल्डोको यो पहिलो ह्याट्रिक पनि हो । ह्याट्रिकसँगै रोनाल्डोले व्यावसायिक फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् । उनले ८ सय ७ गोल पूरा गर्दै कीर्तिमान बनाए ।

जितसँगै ५० अङ्क जोडेको युनाइटेड अङ्क तालिकाको चौथो स्थानमा छ । टोटेनह्याम ४५ अङ्क जोडेर सातौँ स्थानमा छ । यस्तै, गएराति नै भएको खेलमा लिभरपुलले ब्राइटन तथा ब्रेन्टफोर्डले बर्नलीलाई समान २–० गोल अन्तरले पराजित गरेका छन् ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया