चुनावमा गठबन्धन गरेर जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुन्छ : थापा

 फागुन २९, २०७८ आइतबार १९:२७:४० | रासस
unn.prixa.net

फाइल फाेटाे

सुर्खेत – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीमा चुनावमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताउनुभएको छ । आउँदाे चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुने थापाले बताउनुभयो । 

प्रेस युनियन सुर्खेतले आज आइतवार आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले भन्नुभयो, ‘कांग्रेस अहिले अन्य दलसँग गठबन्धनमा छ । यो नेपालको आवश्यकता हो, महामन्त्री थापाले भन्नुभयो, यो गठबन्धनलाई थप बलियाे बनाएर स्थानीय चुनावमा जाने भन्नेमा अलमल केही पनि छैन ।’     

महामन्त्री थापाले २०५६ सालको सन्दर्भलाई स्मरण गराउँदै भन्नुभयो, ‘त्यति बेला तत्कालीन आवश्यकताका आधारमा कांग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो । दुई वटै पार्टी मिल्नुपर्छ भनेर हामीले चुनाव गरायौँ तर हामी चुनावमा तालमेल नगरि एकअर्काबीच प्रतिस्पर्धा गरेर चुनाव लड्यौँ ।’ उहाँका अनुसार यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्ला–एक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरु भएको छ । 

महामन्त्री थापाले पार्टीभित्र गठबन्धनमा चुनाव लड्ने र आफ्नै तागतमा चुनाव लड्ने दुई वटा मत रहेको भन्दै चैत दोस्रो हप्ताभित्र निर्णय हुने स्पष्ट पार्नुभयो । अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको भन्दै तल्लो तहका कमिटी र नेताहरूको रायका आधारमा पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने उहाँले जानकारी गराउनुभयो । 

महामन्त्री थापाले कांग्रेस पार्टीभित्र भागबन्डाकाे अन्त्य गर्न खोजेको बताउनुभयो । पार्टीभित्र हुने भागबन्डाकाे प्रक्रियाको अन्त्य गरी विधिअनुसार अघि बढेको उहाँको भनाइ थियो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया