एनएसएल अक्शनलाई लिएर 'ए' डिभिजन लिग खेल्ने ४ क्लबको असन्तुष्टि

 फागुन २९, २०७८ आइतबार २०:३७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आसन्न नेपाल सुपर लिग (एनएसएल) का लागि गरिएको अक्शनप्रति कटाक्ष गर्दै शहीद स्मारक 'ए' डिभिजन क्लबहरू न्युरोड टिम (एनआरटी), मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब र सङ्कटा क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नियम विपरीत काम गरेको बताएका छन् । 

काठमाण्डाैमा आज आइतवार चार क्लबले संयुक्त पत्रकार सम्मेलन गरेर ए डिभिजन लिग चलिरहेकै अवस्थामा एनएसएलको मिति घोषणा गर्नु उपयुक्त नभएको भन्दै यी चार क्लबले आलोचना गरेका हुन । क्लबसँग खेलाडीको सम्झौता बाँकी रहेकै अवस्थामा एनएसएलका लागि कुनै औपचारिक जानकारीविना खेलाडीकाे अक्शन गर्नु नियम विपरीत भएको भन्दै चारै क्लबले धारणा व्यक्त गरेका हुन् । खेलाडीसँगको सम्झौता बाँकी रहेको अवस्थामा क्लबहरूलाई जानकारी नदिइ खेलाडी बोलकबोल गर्नु आपत्तिजनक भएको थ्री स्टार क्लबका महासविच सञ्जीव शिल्पकारले बताएका हुन् ।

आपत्ति जनाउँदै पत्रकार सम्मेलन गरेका चार क्लबले आउँदाे मङ्गलवार बस्ने कार्यसमितिको बैठकमा छलफल गर्न माग राखेका छन् । यस्तै पत्रकार सम्मेलनमा सहभागी क्लबहरूले आफ्ना प्रतिनिधि एन्फा कार्यसमितिमा हुँदा पनि सम्बोधन गराउन नसके उनीहरूलाई फिर्ता बोलाउन सक्ने बताए ।

यस्तै सङ्कटा क्लबका महासचिव रमेश ध्वज बस्नेतले क्लबको मागलाई सम्बोधन नगरे थप अन्य कार्यक्रमका साथ आउने बताए ।

साथै एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट र एन्फाबीच भएको सम्झौताअनुसार आयोजकले सञ्चालन गर्ने कार्यक्रमलाई एएफसी र फिफाबाट मान्यता प्राप्त गर्नका लागि एन्फाले पहल गर्ने विषयमा उनीहरूले गम्भीर ध्यानाकर्षण भएको बताए । एनएसएलमा सहभागी क्लबहरूले प्रक्रिया नपुर्‍याएर नै एएफसीको प्रतियोगितामा सहभागिता जनाउन पाउने तथा क्लब लाइसेन्सिङको प्रतिक्रियामा जान नसक्ने भन्दै सम्झौता शङ्कास्पद रहेको आरोप लगाएका हुन् । 

अन्तिम अपडेट: जेठ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया