इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी, वेस्टह्याम र आर्सनल विजयी

 फागुन ३०, २०७८ सोमबार ६:४३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले न्युक्यासललाई १–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा चेल्सीलाई जिताउन काइ हार्भट्जले खेलको ८९औँ मिनेटमा गोल गरे । यो गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५९ अङ्क जोडेको चेल्सी अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

न्युक्यासल भने ३१ अङ्क जोडेर १४ औँ स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा वुल्भ्स, लिड्स युनाइटेड, वाट्फोर्ड, वेस्टह्याम र आर्सनल विजयी भएका छन् ।

लिड्सले नर्विचलाई, वेस्टह्यामले एस्टन भिल्लालाई र वाट्फोर्डले साउथह्याम्पटनलाई समान २–१ गोल अन्तरले हराउँदा आर्सनलसँग लेस्टर सिटी २–० गोल अन्तरले पराजित भयो । यस्तै, वुल्भ्स्ले एभर्टनलाई १–० गोल अन्तरले हराएको छ । 

अन्तिम अपडेट: असार २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया