झापा गोल्डकप : उपाधिका लागि त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दै

 फागुन ३०, २०७८ सोमबार १०:८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झापा गोल्डकप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दैछन् ।

खेल दिउँसो साढे २ बजे बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ ।

आज आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रिँदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्ने दाउमा हुनेछ ।  यसअघि आर्मीले तीन पटक झापा गोल्डकपको उपाधि जितेको थियो भने झापाले उपविजेतामा चित्त बुझाएको थियो।

प्रतियोगिताको उपाधि विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पाउने छन्  । 

अन्तिम अपडेट: बैशाख १६, २०७९

तपाईको प्रतिक्रिया