एकदिवसीय क्रिकेट शृङ्खला खेल्न नेपाली टोली श्रीलङ्काबाट यूएई प्रस्थान

 फागुन ३०, २०७८ सोमबार १४:२१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खला खेल्न नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) गएको छ । 

अभ्यास खेलका लागि श्रीलङ्कामा रहेको नेपाली टोली उतैबाट यूएई गएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । श्रीलङ्कामा नेपालले तीन वटा खेल जितेको थियो भने एउटामा पराजित भएको थियो । 

यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको शृङ्खलाअन्तर्गत नेपालले आफ्नो पहिलो खेल चैत २ गते पीएनजीसँग खेल्नेछ । यस्तै दोस्रो खेल चैत ४ गते यूएईसँग, तेस्रो खेल चैत ७ गते यूएईसँग नै र चैत ८ गते अन्तिम खेल पीएनजीसँग खेल्नेछ । 

विश्व क्रिकेट लिग–२ मा आठ खेलमा आठ अङ्कसहित नेपाल छैटाैँ स्थानमा छ । यूएई तेस्रो र पीएनजी पुछारमा रहेको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • arjun bhattarai

    March 15, 2022, 10:26 a.m.

    Best of luck 💖💖🌻🌻 Nepali team love you miss you. Get success.

  •  0 Reply

तपाईको प्रतिक्रिया