आर्मीले चाैथाे पटक झापा गाेल्ड कपकाे उपाधि जित्याे, झापा–११ पाँचाैँ पटक उपविजेता बन्याे

 फागुन ३०, २०७८ सोमबार १७:४७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा – झापा गोल्ड कप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । बिर्तामोडको डोमलाल राजवंशी रङ्गशालामा आज साेमवार भएको फाइनल खेलमा आर्मीले झापा–११ फुटबल क्लबलाई दुई–एक गोलले हरायो । 

आर्मीको जितमा टेकबहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले गोल गरे । झापाका लागि विमल घर्ती मगरले एक गोल फर्काए । आर्मीले चौथो पटक झापा गोल्ड कपको उपाधि जितेको हो । झापा–११ भने पाँचौँ पटक उपविजेतामै सीमित रह्यो । 

उपाधि विजेता आर्मीले १२ लाख ५५ हजार रुपैयाँ र उपविजेता झापाले ६ लाख पाँच हजार रुपैयाँ पुरस्कार पाएका छन् । समापन समारोहमा झापा–११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया