श्रीलङ्कासँगकाे टेस्ट शृङ्खलामा भारतकाे 'क्लिन स्वीप'

 फागुन ३०, २०७८ सोमबार १९:४१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलङ्कासँगको टेस्ट शृङ्खला भारतले क्लिन स्वीप गरेकाे छ । बेङ्गलाेरमा भएको दोस्रो टेस्ट आज दुई सय ३८ रनले जितेसँगै भारतले दुई खेलको शृङ्खलामा क्लिन स्वीप गरेकाे हाे । 

भारतले दिएको चार सय ४७ रनको लक्ष्य पछ्याएको श्रीलङ्का दुई सय आठ रन बनाउँदा अलआउट भयो । श्रीलङ्काका लागि दिमुथ करुणारत्नेले सर्वाधिक एक सय सात रन बनाए । यस्तै कुशल मेन्डिजले ५४ रन जाेडे । बलिङतर्फ भारतका रवीचन्द्रन आश्विनले चार र जसप्रित बुमराहले तीन विकेट लिए ।

दोस्रो इनिङ्समा भारतले तीन सय तीनमा नाै विकेट गुमाएकाे अवस्थामा इनिङ्स समाप्तिको घोषणा गरेको थियो । भारतका लागि  श्रेयस अय्यरले ६७, ऋषभ पन्तले ५० र राेहित शर्माले ४६ रन बनाएका थिए । बलिङतर्फ श्रीलङ्काका प्रभीन जयविक्रमाले चार र लसिथ इम्बुलदेनियाले तीन विकेट लिए । पहिलो इनिङ्समा एक सय ४३ रनले अघि रहेको भारतले समग्रमा चार सय ४६ रनको अग्रता लिएको थियो ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे भारतले पहिलाे इनिङ्समा १० विकेट गुमाएर दुई सय ५२ रन बनाएकाे थियाे । भारतका लागि श्रेयस अय्यरले ९२ र ऋषभ पन्तले ३९ रन बनाएका थिए । बलिङतर्फ श्रीलङ्काका प्रभीन जयविक्रमा र लसिथ इम्बुलदेनियाले तीन–तीन विकेट लिए । श्रीलङ्का पहिलाे इनिङ्समा एक सय नाै रनमै समेटियाे । श्रीलङ्काका लागि एन्जेलाे म्याथ्युजले सर्वाधिक ४३ रन बनाए । बलिङतर्फ भारतका जसप्रित बुमराहले पाँच विकेट लिँदा रविचन्द्रन अश्विन र माेहम्मद शमीले दुई–दुई विकेट लिए ।

यसअघि पहिलाे टेस्ट भारतले एक इनिङ्स र दुई सय २२ रनले जितेकाे थियाे । यसअघि भएकाे तीन खेलकाे टी–२० शृङ्खला पनि भारतले जितेकाे थियाे । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया