रुस र युक्रेनबीच दिनहुँ वार्ता भइरहेको छ तर निष्कर्ष निस्किएकाे छैन : रुसी वार्ता टोली प्रमुख

 चैत १, २०७८ मंगलबार १३:३९:४३ | रासस
unn.prixa.net

फाइल तस्बिर

रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्किीले रुस र युक्रेनका बीचमा प्रायः दिनहुँ वार्ता भइरहेको जानकारी दिनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ समेत मानिनुहुने उहाँले यस्ताे जानकारी दिनु भएकाे हाे । 

उहाँले रुस र युक्रेनका द्धिपक्षीय वार्ता टोलीका तर्फबाट दिनहुँजसो वार्ता भइरहेको बताउँदै निष्कर्ष भने ननिस्किएको जानकारी दिनुभयो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ– 'हामी दिनहुँजसो वार्ता गरिरहेका छौँ, हामीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको एजेण्डाअनुसार वार्ता गरिरहेका छौँ । युक्रेनमा करिब तीन हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ । रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ । जसका कारण यहाँ कैयौँ नागरिकको ज्यान गएको छ भने युक्रेनका संरचनाहरु पनि ध्वस्त भइरहेका छन् । तर वार्ताबाट कुनै निकास भने निस्किएको छैन ।'

रुस युक्रेन द्वन्द्वले युक्रेनकाे जनजीवन अस्तव्यस्त भएको छ । युक्रेनमा रहेका आफ्ना नागरिकलाई प्राय सबै देशहरुले फिर्ता लगिसकेको जनाएका छन् । रुसले युक्रेनमाथिको हमला अझै नरोकेकाले यहाँका नागरिकले दिन प्रतिदिन असुरक्षित महसुस गरिरहेका छन् ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया