रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न ग...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाणले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरूलाई पनि आग्रह गर्नुभएको छ । मन्त्री खाणले उपभोक्ता हितकै लागि सरकारले अमेरिकी सहायता एमसीसी संसदबाट पारित गराएको उल्लेख गर्दै त्यसको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरूलाई आग्रह गर्नुभएको हो ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्री खाणले भन्नुभयाे, ‘सबैको सहमतिबाटै एमसीसी प्रस्ताव पास भएको छ । एमसीसीबारे धेरै नै प्रतिक्रियाहरू आयो । संसदबाट पास गर्नुभन्दा अगाडि पनि धेरै प्रतिक्रिया आयो । तर हामीलाई एमसीसी प्रस्ताव पारित गर्नैपर्ने भयाे । किन भने अमेरिकाले नेपालजस्ता देशकाे गरिबी निवारणका लागि र रोजगारी वृद्धिका लागि सहायता दिएकाे हाे । भौतिक पूर्वाधारको विकासका लागि सम्बन्धित देशले प्रस्तावित गरेको परियोजनालाई स्वीकृत गरेर नै एमसीसी आउने हो ।’
यसैगरी मन्त्री खाणले एमसीसी प्रस्ताव गर्ने देशमा केही सर्तहरू रहेकाे भन्दै भन्नुभयाे, ‘एमसीसी पारित गर्न त्यहाँ आवधिक चुनाव हुनैपर्छ, मानव अधिकारको प्रत्याभूति हुनैपर्छ, प्रेस स्वतन्त्रता त्यहाँ हुनैपर्छ । ती देशहरूले मात्रै एमसीसी परियोजना प्रस्ताव गर्न पाउँछन् । त्यो त नेपालकै हितमा भयो । नेपालको प्रेसले स्वतन्त्रता पाउनु नेपालको पत्रकारको हितमा भयो । नेपालमा चुनावबाट सरकार बन्नु नेपाली जनताको चाहना त्यही हो । मताधिकारको सदुपयोग होस् । मानव अधिकारको पालना हामी सबैको चाहना हो । उपभोक्ता अधिकार पनि यसैभित्र परिहाल्यो । यी सर्त भएका देशले मात्रै एमसीसी सहायता पाउँथ्याे र हामीले गरेकाे प्रस्ताव पनि स्वीकृत भयो ।’
मन्त्री खाणले एमसीसीले अमेरिकी सेना आउँछ, हतियार आउँछ र गाेलाबारुद आउँछ भनेर भ्रम फैलाइएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, एमसीसी बिजुलीकाे प्रसारण लाइनका लागि हाे । तर यहाँ मान्छेले के भन्छन् भने– एमसीसीले सेना आउँछ, हतियार आउँछ । गोलाबारुद आउँछ । बिजुलीको तारबाट बिजुली नै आउँछ, कहीँ सेना आउँछ र ? तीन वर्ष भयो सम्झाैता भएकाे । त्यतिखेरैबाट बनाउन सुरु भएको भए यतिखेरसम्म आधा त बनिसक्थ्यो नि । अब अहिले बल्ल तीन वर्षपछि पो पास गरेका छौँ । त्यतापट्टि पनि म उपभोक्ताज्यूहरूलाई ध्यानाकर्षण गराउन चाहन्छु । हामी सबै नेपाली राष्ट्रवादी हौँ । नेपाल रहे, हामी नेपाली रहन्छौँ । हामी सबै नेपाली रह्यौँ भने नेपाल जोगाउन सक्छौँ । तपाईँहरूले एमसीसी पास गरेर सरकारले राम्रै गर्याे भनिदिनुपर्याे ।’
गृहमन्त्री खाणले उपभोक्ता हितलाई ध्यानमा राखेर सरकारले बिजुलीको खपत बढाउने र पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्दै लैजाने नीति लिएको पनि स्पष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।