झापा एफसीकाे बीमा पार्टनर नेकाे इन्स्याेरेन्स

 चैत १, २०७८ मंगलबार १७:१६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यही महिना सुरु हुन गइरहेको नेपाल सुपर लिग (एनएसएल) को नव आगन्तुक टोली झापा एफसीले नेको इन्स्योरेन्सलाई बीमा पार्टनरका रूपमा पाएको छ ।

देशकै पहिलो निजी फुटबल क्लबका रूपमा आफूलाई उभ्याएको झापाले हिजो सोमवार नेकोसँग एक कार्यक्रमका बीच सम्झौता गरेको हो । कार्यक्रमका क्लबका तर्फबाट उपाध्यक्ष यम बस्नेत र नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सीईओ अशोककुमार खड्काले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार सुपर लिगमा झापामा आबद्ध खेलाडीहरूको १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा हुने पक्का भएको छ ।

सम्झौतापछि खुसी देखिएका क्लबका उपाध्यक्ष बस्नेतले भन्नुभयो, ‘नेको इन्स्योरेन्सलाई बीमा पार्टनरका रूपमा पाउँदा हामी खुसी छौँ । यो सहकार्यका लागि हामी नेको इन्स्योरेन्सलाई धन्यवादसमेत दिन चाहन्छौँ ।’ 

यस्तै नेको इन्स्योरेन्सका सीईओ अशोककुमार खड्काले भन्नुभयो, ‘झापा एफसीको फुटबल र खेलाडीप्रतिको भिजनबाट हामी प्रभावित भयौँ । त्यसैले पनि यो सहकार्य गर्न हामीले अबेर गरेनौँ । सुपर लिगमा क्लबसँगको हाम्रो सहकार्य अटुट रहनेछ ।’

क्लबका महासचिव सुजन गौतमले सुपर लिगमा पहिलो सहभागिता भए पनि आफूहरूले पहिलो सिजन मै राम्रो गर्ने विश्वास लिएको प्रतिक्रिया दिनुभयो । 

यही चैत २६ गतेदेखि सुरु हुन गइरहेको नेपाल सुपर लिगमा यस सिजन थपिएका तीन नयाँ क्लबसहित कुल १० टोलीले सहभागिता जनाउँदै छन् । झापा एफसीको मार्की प्लेअरमा चर्चित फरवार्ड अन्जन विष्ट रहेका छन् । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया