काठमाण्डौ महानगरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्त...
मंसिर १०, २०८१ सोमबार
सङ्खुवासभा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभएकाे छ । आज मङ्गलवार सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो दाबी गर्नुभएकाे हाे । उहाँले नेपालमा अन्य पार्टीको तुलनामा देश र जनताको पक्षमा राम्रा कामहरू कांग्रेसले गरेकाले उसकै पक्षमा बहुमत आउने बताउनुभयो ।
महामन्त्री शर्माले कोरोनाको महामारीमा जनताले हाच्छिउँ गरेर कोरोना भाग्छ भन्नेलाई मत दिने कि जनताका लागि खोप दिइ जीवन बचाउनेलाई मत दिने भन्ने सचेत मतदाताले छुट्टाउने भएकाले कांग्रेसको पक्षमा मत आउने दाबी गर्नुभयो ।
‘एमसीसीको पक्षमा मौन बस्ने र विरोध जनाउनेलाई मत दिने कि एमसीसी परियोजनामार्फत आममानिसको समृद्धि हुन्छ भन्नेलाई मत दिने भन्ने आम मतदाताले छुट्टाउनेछन् । कांग्रेस आफैँले सरकारमा रहेर चुनाव गराउँदा २०१५ साल, ४८ र ५६ सालमा बहुमत ल्याएको थियो । २०६४ र ७० सालमा दोस्रो पार्टी हुन पुगे पनि जनताको पक्षमा राम्रो काम गर्ने पार्टी कांग्रेस नै रहेछ भन्ने जनताले बुझिसकेका छन् । आउँदो चुनावमा कांग्रेसले बहुमत प्राप्त गर्नेमा कुनै शङ्का नै छैन’, उहाँले भन्नुभयो ।
आउँदो चुनावमा कांग्रेस गठबन्धनसहित अगाडि बढ्छ कि एक्लै चुनाव लड्छ भन्ने विषयमा केन्द्रीय समितिको बैठकले टुङ्गाउने महामन्त्री शर्माले बताउनुभयो ।
गएको चैत २९ गतेदेखि नेपाली कांग्रेसले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गरेको सन्दर्भमा प्रशिक्षण दिन महामन्त्री शर्मा सङ्खुवासभा आउनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।
Santosh Theguwa
March 16, 2022, 5:49 p.m.अब पनि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी जस्ता एकात्मक जातिबादी कबाडी चोर नेताहरुको पछि लागेर औंलामा गन्न सकिन्ने २_४ जना बाहुनहरुको धोती र झोला बोक्ने प्रविधि को अन्त्य हुनै पर्छ। उनिहरुको कुनै भिजन नै छैन छ त सिर्फ सत्ता र कुर्सी आफ्नो पेट र आफ्नो आफन्तहरु लाई कुनै न कुनै पदहरुमा राखेर भत्ता खुवाउन भन्दा अरु भिजन देखिएना तेसाईले हामी जनताको चेत खुल्न जरुरी छ।