आगलागीबाट जाेगिने उपायहरू : काेठामा आगाे लागेमा घा‍ेप्टाे परेर वा घिस्रिएर भागाैँ

 चैत १, २०७८ मंगलबार २०:१४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल प्रहरीले यो मौसममा आगलागीजन्य विपदका घटनाहरू हुने सम्भावना बढी रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाण्डौले आज मङ्गलवार सूचना निकालेर सावधानी अपनाउन अनुरोध गरेको हो । प्रहरीले निकालेको सूचनामा आगो उत्पन्न हुने सलाई, लाइटर, ग्यास सिलिन्डर र चुल्होको प्रयोग होरियारपूर्वक गर्न र बालबालिकाको पहुँचबाट टाढै राख्न अनुरोध गरिएको छ । 

यस्तै विद्युतीय सामग्रीको काम सकिएपछि बन्द गर्न, मल्टिप्लकहरू बन्द गर्न र एउटा पावर सकेटबाट धेरै विद्युतीय शक्ति चाहिने उपकरणहरू प्रयोग नगर्न प्रहरीको अनुरोध छ । यस्तै पूजा कोठमा बालिने धुप, भान्सामा कोइला तथा लामखुट्टे धपाउने धुप लगायत बालेर नछाड्न र ग्यास चुल्हो बाल्नु अगाडि ग्यास लिक भए/नभएको यकिन गर्न पनि प्रहरीले अनुरोध गरेको छ । 

ग्यास सिलिन्डरमा आगलागी भएमा जुटको बोरा वा ब्ल्यान्केटले घ्वाप्प छोपेर निभाउन सकिन्छ । कोठामा आगलागी भइहालेमा भाग्दा घोप्टो परेर भाग्न वा घिस्रिएर भाग्न प्रहरीले अनुरोध गरेको छ । 

यस्तै यो बेला जङ्गलमा डढेलो लाग्ने जोखिम धेरै हुने भएकोले कुनै कामले जङ्गलमा बालेको आगो राम्रोसँग निभाएर हिँड्न, चुरोटको ठुटा जथाभाबी नफ्याँक्न प्रहरीको अनुरोध छ । 

कतै आगलागीको घटना भइहालेमा १०० नम्बरमा फोन गरेर प्रहरी तथा १०१ नम्बरमा फोन गरेर दमकललाई जानकारी गराउन पनि प्रहरीले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Ram limbu

    March 15, 2022, 9:07 p.m.

    हामी सबै ले अपनाउन जरुरी छ

  •  0 Reply

तपाईको प्रतिक्रिया