ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
साफ यू–१८ महिला च्याम्पियनशिप फुटबलको पहिलो खेलमा नेपालले भारतसँग ७-० को फराकिलो हार बेहोरेको छ । भारतको जमसेदपुरमा आज मङ्गलवार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग ७-० गोलले पराजित भएको हो ।
पहिलो हाफमा ३-० ले अघि रहेको भारतले दोस्रो हाफमा अरू चार गोल थपेको हो । भारतका लागि लेन्डा कोम सेर्टाेले दुई गाेल गरिन् । यस्तै सुजिस पोट्टेकाट, अपूर्णा नार्जरी, पूर्णिमा कुमारी, सुनिता मुन्डा र नितु लिन्डाले एक–एक गोल गरिन् ।
अब नेपालले दोस्रो खेलमा पर्सि बिहीवार बङ्गलादेशसँग खेल्नेछ ।
डबल राउन्ड रोबिनको आधारमा हुने च्याम्पियनशिपमा नेपाल, भारत र बङ्गलादेश रहेका छन् । प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।