युभेन्ट्स यूईएफए च्याम्पियन्स लिगबाट बाहिरियो

 चैत ३, २०७८ बिहिबार ७:२०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इटालियन क्लब युभेन्ट्स यूईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

घरेलु मैदानमा दोस्रो लेगमा भिल्लारियलसँग ३–० गोलले पराजित भएपछि युभेन्ट्स च्याम्पियन्स लिगको प्रि–क्वाटर फाइनलबाटै बाहिरिएको हो ।

गएराति भएको खेलमा भिल्लारियलका जेरार्ड मोरेनो, पाउ टोरेस र एर्नाउट डानजुमाले एक–एक गोल गरे ।

युभेन्ट्स समग्रमा ४–१ गोलले पराजित भयो । पहिलो लेगको खेल एक–एक गोलको बराबरीमा सकिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया