इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई हरायो : टोटेनह्यामसँग ब्राइटन पराजित

 चैत ३, २०७८ बिहीबार ९:५०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई हराएको छ । आर्सनल घरेलु मैदानमा २–० गोलले पराजित भयो । लिभरपुलका डिएगो जोटा र रोबर्टो फिर्मिनोले गोल गरे ।

यो जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी एक बनाएको छ । लिभरपुलको २९ खेलबाट ६९ अङ्क छ । समान खेलमा शीर्षस्थानको सिटीको ७० अङ्क छ । पराजित आर्सनल २७ खेलबाट ५१ अङ्कका साथ चौथो स्थानमा यथावत् छ ।

अर्को खेलमा टोटेनह्यामले ब्राइटनलाई २–० ले हराएको छ । टोटेनह्यामका क्रिस्टियन रोमेरो र ह्यारी केनले गोल गरे । जितसँगै टोटेनह्यामको २८ खेलबाट ४८ अङ्क भएको छ । टोटेनह्याम साताैँ स्थानमा छ ।

पराजित ब्राइटनको २९ खेलबाट ३३ अङ्क छ । ब्राइटन १३औँ स्थानमा छ ।

तस्बिर : गेटी इमेजेज

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया