सुरक्षित आप्रवासन परियोजनालाई जिल्लाका सबै पालिकामा विस्तार गर्न सुझाव

 चैत ४, २०७८ शुक्रबार १२:५:२८ | रामकुमार थापा
unn.prixa.net

धादिङ – सुरक्षित आप्रवाशन सामी परियोजनालाई धादिङ जिल्लाका १३ वटै पालिकामा विस्तार गनै सरोकारवालाले सुझाव दिएका छन् । 

गएकाे बुधबार स्थानीय सरकार परियोजना व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै धादिङका जिल्ला न्यायाधीश आत्मदेव जोशीले सुरक्षित आप्रवासन परियोजनालाई जिल्लाभर पुर्याउनुपर्ने बताउनुभयो । वैदेशिक रोजगारीमा विभिन्न समस्याहरु रहेको भन्दै नागरिकहरुलाई सुसूचित गर्ने र वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र लाभदायी बनाउन सुरक्षित आप्रवासन परियाेजना जिल्लाभर विस्तार गर्नुपर्ने उहाँको भनाइ छ । 

यसैगरी नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नको लागि सामी कार्यक्रम महत्वपूर्ण भएको भन्दै उहाँले स्थानीय तह आफैले पनि यस कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । विकास भनेको बाटो खन्नु तथा भौतिक संरचना निर्माण गर्नुमात्र नभएको भन्दै मेयर ढुंगानाले आफ्नो नागरिकहरुको वैदेशिक रोजगारीलाई सुरक्षित गराउनु पनि स्थानीय सरकारको दायित्व भएको बताउनुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानेको भन्दै उहाँले सामी परियोजनालाई स्थानीय तहमा आन्तरीकण गर्नुपर्ने बताउनुभयो । वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र लाभदायी बनाउनको लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले सामी परियोजना हाम्रो कार्यक्रम हो भनेर अपनत्व गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

यसैगरी गंगाजमुना गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीले सामी परियोजना स्थानीय तह आफैले पनि गर्न सक्ने भन्दै सामी कार्यक्रमले गर्दा धेरै नागरिहरुको वैदेशिक रोजगारको यात्रा सुरक्षित भएको बताउनुभयो । 

कार्यक्रममा सामी कार्यक्रमका कार्यक्रम संयोजक दिनेश दुवाडीले सामी परियोजनाले हालसम्म गरेको कार्य प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

रामकुमार थापा

थापा धादिङको नीलकण्ठ नगरपालिकाकाे वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया