नेपाललाई यूएईले १ सय ६९ रनकाे लक्ष्य दियाे, साेमपालले ४ र करणले ३ विकेट लिए

 चैत ४, २०७८ शुक्रबार १४:३८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खलामा युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपाललाई एक सय ६९ रनकाे लक्ष्य दिएकाे छ । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे यूएईले ४६ ओभर ३ बलमा अलआउट हुँदै एक सय ६८ रन बनायाे । यूएईका लागि राेहन मुस्तफा र चुन्दनग्यापाेएल रिजवानले समान ४०/४० रन बनाए । बलिङतर्फ नेपालका साेमपाल कामीले चार विकेट लिए । यस्तै करण केसीले तीन विकेट लिँदा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एक/एक विकेट लिए ।

घरेलु टोली यूएईसँगको आज शुक्रवारको खेलमा नेपाललाई अघिल्लो महिना ओमानमा भएको टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर छ ।

यसअघिका खेलमा यूएईले पपुवा न्युगिनीलाई सात विकेट हराउँदा नेपालले दुई विकेटको सङ्घर्षपूर्ण जित निकालेको थियो ।

अङ्क तालिकामा नेपाल नाै खेलमा पाँचमा जित र चारमा हारसहित १० अङ्कका साथ छैटौँ स्थानमा छ । यूएई १५ खेलमा आठमा जित र पाँचमा हारसहित १८ अङ्कका साथ दोस्रो स्थानमा छ । सात देश सहभागी यो शृङ्खलामा ओमान २७ खेलमा १७ मा जित र आठमा हारसहित ३६ अङ्कका साथ शीर्षस्थानमा छ । 

अब नेपालले अर्को खेल चैत ७ मा यूएईसँग र चैत ८ मा पपुवा न्युगिनी (पीएनजी) सँग खेल्ने तालिका छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया